एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम जारी
काठमाडौँ, ३ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।
आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यतालिका छ ।
भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवाभोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।
यसैबीच, आजै दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।

