सुनसरीको बराहक्षेत्रमा ब्राउन सुगर सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ राजधामी चोकबाट लागूऔषध ब्राउन सुगर जस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
मंसिर १० गते राति करिब ११ः५५ बजे सुदिप राजधामीको घरको कोठामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा २० वर्षीय सुदिप राजधामी र २९ वर्षीय अर्जुन मगरातीको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवैलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
