इटहरीमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु
सुनसरी । इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ ।
शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी–२० तरहरा शान्ति टोलका भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।
घाइते खत्रीलाई उपचारका लागि विराट मेडिकल कलेज, विराटनगर पुर्याइएकोमा चिकित्सकले बिहान ६:२३ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ का ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
