सुनसरीमा ३.६५ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी पुलबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
मंसिर १२ गते बिहान ९ः५० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरौलबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका बराहक्षेत्र–४ आन्द्रामोडका ४२ वर्षीय भगत चौधरीलाई शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने ३ ग्राम ६५० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
