बाल संरक्षण समितीद्वारा ११ जना बिपन्न तथा अनाथ बालबालिकाहरुलाई सहयोग प्रदान
धनकुटा खबर / तेह्रथुम, २७ फागुन । तेह्रथुम जिल्लाको छथर हमरजुङ गाबिसमा बाल संरक्षण तथा सम्बर्धन उपसमितीले ११ जना बिपन्न तथा अनाथ बालबालिकाहरुलाई रु. ४/४ हजार सहयोग प्रदान गरेको छ ।
समितीले गाबीको ९ वटै वडामा रहेका ११ जना बिपन्न तथा अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बिच नगद ४ हजारको दरले आर्थीक रकम राहात स्वरुप प्रदान गरेको समितीका अध्यक्ष सन्तोष सुबेदीले बताउनु भयो ।
गाबिसमा रहेका चेतन बुडाथोकी , दिपक कार्की , रिवाज लिम्बु , अस्मीता लिम्बु ,पञ्च कुमारी लिम्बु , भिम बहादुर पौडेल ,सुजन भुजेल ,प्रमिला श्रेष्ठ ,भिमकला नेपाली र अञ्जली लिम्बुलाई समितीले प्रदान गरेको थियो ।
रकम बाल संरक्षण तथा संम्बर्धन उपसमिती हमरजुङको आयोजना तथा हमरजुङ गाबिसको सहयोगमा सम्पन्न भएको थियो ।



