विभेदबारे गेसोले बुझायो परराष्ट्रमन्त्रीलाई १४ बूँदे ज्ञापनपत्र

काठमाडौँ, २८ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसमक्ष गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले आज १४ बुँदे ज्ञापनपत्र बुझाउँदै गोरखा सैनिकमाथिको विभेद र शोषण अन्त्यका लागि बेलायतसँग कूटनीतिक पहल गर्न माग गरेको छ ।

गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वको टोली मन्त्री निवास पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा परराष्ट्रमन्त्री डा महतले माग सम्बोधन गराउनका लागि बेलायती पक्षसँग कूटनीतिक तहमा पहलकदमी गरिरहेको बताउनुभयो ।

गेसोले गोरखाको मुद्दा सम्बोधनका लागि अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौता हुनुपर्ने माग राखेको छ । सन् १९४७ मा बेलायत, बेलायत अधीनस्थ भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताका आधारमा बेलायतले गोरखा सैनिकलाई व्यवहार गरेको दाबी गर्दै आएपनि त्यो सान्दर्भिक नभएकाले नयाँ सम्झौता हुनुपर्ने गेसोको माग छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖