चीनबाट अवैधरुपमा नेपाल भित्र्याइएको सात किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, चैत ३ । चीनबाट अवैधरुपमा नेपाल भित्र्याइएको सात किलो सुनसहित तीनजनालाई रसुवाबाट प्रहरीले पक्राउ गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षाजाँच गर्दा बा१७च २२७५ नम्बरको जिपको फिल्टरमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको हो ।

सवारीधनीसमेत रहेका चालक स्याङ्जाका प्रकाश गैरेसहित अन्य दुईजनालाई पक्राउ गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

सुनको प्रमाणीकरण र गाडीमा रहेका अन्य दुईजनाको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको रसुवागढी नाका हुँदै चीनबाट अवैधरुपमा भन्सार छली सुन तस्करी गर्ने प्रवृत्ति बढेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।