बेथेको साग: पत्थरी देखि क्यान्सर सम्मको समाधान…

एजेन्सी । हाम्रो घरवरिपरि,करेसाबारीमा पनि प्रशस्त पाईने साग हो यो । हामिले बेथेको साग खाईरहेका पनि हुन्छौ तर यसका अनगिन्ति फाईदा छन भन्ने थोरैलाई मात्र थाहा होला । सब्जीको रुपमा खाने गरिएको बेथेको सागको स्वास्थ्यमा धेरै फाइदाहरु छन् :

– पत्थरी – एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गलेर झार्छ ।

स्तन क्यान्सर – आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा र फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

जोर्नी दुख्ने – बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान–बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ । यसको ताजा पातलाई पिसेर हल्का तताएर दुखेको ठाउँमा राखेर बाध्नुहोस् । यसो गर्नाले आराम महसुश हुन्छ ।

कब्जियत – बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

– पेटसम्बन्धी रोग – जहिलेसम्म बेथेको साग पाईन्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।

छालासम्बन्धी रोग – बेथेलाई उमालेर निचोरेर रस पिउनुहोस् र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाद, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

अनियमित महिनावरी – दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।