‘महाराजञ्ज केन्द्रमा पूर्वराजपरिवारको नाम छ’, के पूर्वराजपरिवारले मतदान गर्लान ?
काठमाडौं, ३१ वैशाख । झण्डै दुई दशकपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भोट हाल्ने तयारी गरेको र शाहले यसबारेमा आफू निकट सहयोगीहरुसँग आन्तरिक छलफल समेत गरेको समाचार पहिल्यै आए अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने तयारी गरेको बुझिएको छ ।
पूर्वराजा शाहले महाराजगञ्जस्थित मतदान केन्द्रमा उपयुक्त समयमा गएर मतदान गर्ने उच्च स्रोतले जनाएको छ ।
पूर्वराजपरिवारको नाम महाराजगञ्ज केन्द्रमा रहेको छ । पूर्वराजा शाह कति बजे मतदान गर्न जाने हुन् केही बताइएको छैन । ‘महाराजञ्ज केन्द्रमा पूर्वराजपरिवारको नाम छ’, स्रोतले भन्यो, ‘तर कति बेला मतदान गर्ने जाने हो केही बताइएको छैन ।’


