प्रधानमन्त्री प्रचण्डले बोलाउँदा ओली गएनन्, सिंहदरबारबाटै राजीनामा दिने

काठमाण्डौं, जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाललले आज विहान बोलाएको तीन दल बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

फाईल फोटो

संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित भएपछि सफल हुन सकेन । सरकारले सोमबार स्थानीय तहको संख्या बढाएको भन्दै असन्तुष्ट बनेको विपक्षी दल एमालेका कारण हिजो बोलार्ईएको संसद बैठक अवरुद्ध भएको थियो । जसका कारण प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि हुन सकेन् ।

संसदलाई सम्बोधन गर्दै प्रचण्डले राजीनामा दिने कार्यसुची रहेका कारण हिजोको बैठक पटक पटक स्थगित गरिएको थियो । आज विहान ११ बजे बोलाईको बैठक अघि शीर्ष दलको सहमती जुट्न नसक्दा भोली दिउंसो ४ बजे सम्मका लागि बैठक स्थागित गरिएको संसद सचिवालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।