बस्दै नबसी संसद बैठक फेरि स्थगित, एमालेको अडान यथावत

काठमाडौं, जेठ १० । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक चल्न नदिने अडान राखेपछि व्यवस्थापिका–संसद बैठक बिहीबार (भोलि) ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले थपेको स्थानीय तहको संख्या फिर्ता लिनुपर्ने माग गर्दै एमालेले संसद चल्न नदिएको हो ।

मंगलबारैदेखि संसद चल्न दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।

मंगलबार दिनभरको प्रयास सार्थक नभएपछि बुधबार बिहान ११ बजेका लागि संसद बैठक बोलाइएको थियो । तर, एमालेले आजपनि अडान यथावत राखेपछि बिहीबार ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने भन्दै बैठक स्थगित गरिएको हो । नीति तथा कार्यक्रम पेस गर्न भने दिने रणनीतिमा एमाले छ ।

संसद चल्न दिए प्रधानमन्त्री दाहाल संसदमै सम्बोधन गरेर पद छोड्ने तयारीमा थिए । तर, संसद चल्न नसकेपछि राष्ट्रका नाममा सम्बोधन गरेर पद छोड्ने तयारीमा दाहाल छन् ।

संसदबाट बाहिरनेक्रममा दुबै पक्षका नेताहरुले आ–आफ्नो अडान कायम नै राखेको प्रतिक्रिया दिए । यता, संसद सचिवालयले भने नीति तथा कार्यक्रम तयारीका लागि संसद भवनलाई सुसज्जित बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖