अब एउटा सांसद र नागरिक रहनेछु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारिता देखाउँदै पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली राजनीतिमा लामो समयदेखिएको खडेरी अन्त्य गर्दै अगाडि बढ्दै छु, प्रधानमन्त्रीले भने, ‘अब एउटा सांसद र नागरिक रहनेछु ।’ मैले एउटा सफल प्रधानमन्त्रीको हैसियतले राजीनामा दिन पाउँदा अत्यन्तै गौरवान्वित छु । राजीनामा वुधबारै राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको कार्यालयमा पुगेर बुझाउने दाहालले घाेषणाकै क्रममा जानकारी दिए ।

प्रधानमन्त्री दाहालले बचनको भरोसा नभएको नेतृत्वले राष्ट्रको नेतृत्व गर्न नसक्ने समेत बताए । नेपाली काँग्रेससँग भएको समझदारी आफूले पालना गरेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुमा इमानको उपयोगमा कमि हुँदै आएको बताए ।

दलहरुबीच लिखित र अलिखित सहमति च्यातिएका छन्,’ दाहालले भने, ‘सत्तारुढ दलबाट त अहिलेसम्म पालना नै भएको छैन ।’ दाहालले फरक विचारसँगको गठबन्धनको सरकारमा पनि कुनै समस्या नभएको उल्लेख गरे । ‘गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन्, फरक फरक दलबीच केही जटिल र पेचिलो हुन्छ, तर मलाई जटिलता परेन’, उनले भने, ‘सबैलाई धन्यवाद दिन चाहन्छु ।’ प्रधानमन्त्रीबाट राजीनामा दिँदा हुने छट्पटाहट पनि अब अन्त्य भयो होला भन्ने विश्वास लिएको छुँ । दाहालले १० महिना सरकार चलाए । जाँदा-जाँदै उनले अाफुले सफलतापूर्वक सरकार चलाएकाे जस लिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।