त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
काठमाडौँ, जेठ १० । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सद्वारा स्थानबुल हुँदै स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित आज पक्राउ गरेको छ ।

राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस


