खाजा खर्च बचाएर विध्यार्थीहरुले गरे गरिब बालबालिकालाई सहयोग (भिडियो सहित)
बारा निजगढको गौरिशङ्कर उच्च माध्यमिक बिद्यालय निजगढ ८ को कक्षा ६ र ७ मा अध्यायनरत बिध्यार्थी भाइबहिनिहरुले आफ्नु एकदिनको खाजा खर्च गरिब तथा अनाथ बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आएको बारा निजगढ १० लालमा सन्चालित सस्था हाम्रो मामाघरलाइ प्रदान गरेका छ्न।

बिद्यालयका शिक्षक देब बहादुर वाइबा,लोक बहादुर खुलाल,महेश्वर राय यादव र प्रलाद तिमल्सिना सहित भएर ७५ जना विद्यार्थी भाइबहिनी सस्थामै उपस्थित भइ नगद रु १४३५ र २ सेट डेक्ची ( सात हजार बराबरको) सहयोग प्रदान गरेका हुन।
यति सानै उमेर देखि आफुले सकेको सहयोग अफ्ठेरोमा परेकालाइ गर्नु पर्छ भन्नी भवना बोकेका सहयोगी भाइबहिनी,भावन जागृत गाराउनुहुने बिद्यालय परिवार,अबिभावक लागायत सम्पुर्णमा हाम्रो मामाघर परिवार आभार ब्यक्त । साथै विद्यार्थी भाइबहिनीहरुको उत्तरोत्तर प्रगतिको समेत कमाना गरे । हेर्नुहोस् भिडियो


