चर्पी नबनाएको भन्दै श्रीमतीले घरै छाडेपछि…

तपाइंको घरमा चर्पी बनाउनुभएको छ रु छैन भने बनाइहाल्नुस् । अप्ठेरोमा पर्नुहोला । धनुषाको जनकनन्दनी गाउँपालिका-१ मा घरमा चर्पी नभएका दुई परिवार समस्यामा परेका छन् ।

घरमा चर्पी नबनाएको भन्दै एकै गाउँका दुई जना महिला घर छाडेर माइत गएर बस्न थालेका छन् । विभिन्न संघसंस्थाले संयुक्त रुपमा गाउँपालिका नै खुल्ला दिशामुक्त गर्ने अभियान चलाइरहेका बेला घरमा चर्पी बनाउने कामले तिव्रता पाएको छ ।

अधिकांश घरधुरीमा चर्पी निर्माण भईसक्दा पनि आफ्नो घरमा नबनाएको भन्दै स्थानीय राजकुमार पासवानकी श्रीमती मञ्जु पासवान एक साताअघि माइत गएकी हुन्। श्रीमान राजकुमारले घरमा चर्पी बनाउन ध्यान नदिएको र रक्सी खान पल्केको भन्दै मन्जु आफ्नो माइत भारतको बिहार मधुवनी जिल्लाको बैजनाथपुरमा भागेर बसेकी छिन् । श्रीमती भागेपछि राजकुमारले एक सातामा घरमा जसोतसो सजिलो चर्पी निर्माण गरेर खबर पठाए पछि श्रीमती मन्जु बिहीबार घर फकिन्।

माइतबाट फर्केकी मन्जुले घरमा चर्पी नहुँदा बाहिर खुल्ला स्थानमा दिशापिसाव फिर्न जानु पर्दा समस्या हुने गरेको र सरसफाइमा लागेका अभियन्ताहरुको भनाई खानु पर्ने भएकाले माईत भागेको बताइन् । घरमा चर्पी नबनेपछि प्रतिष्ठा माथि नै आँच आउन थालेकाले भागेको र बनेपछि आफू घर फर्केको प्रतिक्रिया दिइन्।

यस्तै राजकुमारकै छिमेकी रामदीपक पासवानकी श्रीमती सरस्वती पासवान झण्डै १० दिनदेखि घरमा चर्पी नभएकोले माइतमा गएर बसेकी छिन् । सरस्वतीको श्रीमान रोशनदीप वैदेशिक रोजगारीमा खाडी मुलुक मलेसियामा छन् । घरमा ससुरा वुबा डोमा पासवानले चर्पी बनाउन ध्यान नदिएको कारण बुहारी सरस्वती आफ्नो माइत धनुषाको पचहर्वामा गएर बसेकी स्थानीय काकाससुरा पर्ने श्याम पासवानले जानकारी दिए। बुहारी भागे लगतै घरमा शौचालय निर्माण भइसकेको र खबर पठाएकाले चाँडै बुहारी आउने उनले बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।