भरतपुरको मतगणनाबारे बोले रेणु दाहालका श्रीमान ! के भने ?

चितवन, १२ जेठ– माओवादी केन्द्र भरतपुरकी उम्मेदवार रेणु दाहालका पति अर्जुन पाठकले निर्वाचनको परिणामबारे अहिल्यै केही भन्न नसकिने बताए ।

पाठकले यद्यपि उनको जितप्रति आफू आशावादी रहेको बताए । ‘खेल मैदानमा उत्रिएपछि कि जित हुन्छ । कि हार हुन्छ’, पाठकले काठमाण्डुटुडेसँग भने, अझै आशावादी हुने ठाउँ प्रशस्तै छ ।’ १ देखि १६ र २४ देखि ३५ वडासम्मको मतगणना सकिँदा रेणु एमालेका देवी ज्ञवालीसँग १७ सय ३५ मतले पछाडि छिन् ।

‘काँग्रेसका नेताहरुले पनि आत्तिनुपर्दैन, हामीले राम्रो भोट पठाएका छौं, जिन्तुहुन्छ भनिरहनुभएको छ’, पाठकले भने, ‘अब मत गन्न बाँकी क्षेत्रमा काँग्रेसको पकड भएकाले पनि सम्भावना राम्रै छ ।’ पाठकले २४ नम्बर वडाको मतगणनामा एमालेको हिसाब नमिलेको जानकारी दिए ।

एमालेले २४ नम्बर वडाको मतगणना सकिँदा २५ सय मतान्तर हुने आंकलन गरेकामा त्यसो नभएपछि आत्तिएको दाबी गरे । ‘उनीहरु (एमाले) को २५ सय कट्यो भने जितिन्छ भन्ने टार्गेट थियो । तर, सोचेजस्तो भएन भन्ने एमालेकै नेताहरुको भनाइ सुनिएको छ’, उनले भने । अब २० हजार मत गन्न बाँकी रहेकाले आफूहरुले हरेश नखाने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।