‘अर्काकी स्वास्नी ! गाउँभरि की राम्री महिला…’

हिजोआज जतिखेर नि रमिलाका घरमा देव बहादुरको रासोवास रहन्थ्यो । रमिला साह्रै राम्री थिइ । उ त्यो गाउँभरि की राम्री महिलामा गनिन्थ्यो । तर रमिलाको लोग्ने रक्स्याहा थियो । उसलाइ घर परिवार छोरा छोरी कसैको चासो थिएन । उसलाइ रक्सि खाएर मस्त हुन पाए पुग्थ्यो । उसलाई कसैको चासो थिएन ।

रक्सि खाएर घर आउने र रमिलालाइ थाङ्गनो ठटाए झैं ठटाउने उसको नियमितता जस्तै भइ सकेको थियो । रमिलाका घरको झगडाले बेलाबखत उग्र रुप लिन्थ्यो र प्रहरीसम्म पनि पुग्थ्यो । लोग्नेले जती पीटे पनि उ प्रतिकार गर्दिनथी कारण उसलाइ लाग्थ्यो की उसले प्रतिकार गरदा कुठाउँमा लागेर म्रयो भने उसका छोराछोरीको बिचल्ली हुन्छ ।

छोराछोरीको लागी लोग्नेको सारा ज्यादती सहेर आफ्नो उमेर वैंशका चाहाना सबै त्यागेकी थिइ रमिलाले । हिजो आज लोग्नेसङ्ग अलग्गै रही एउटा सानो तिनो प्राइभेट कम्पनिको जागिर खाएकी थिइ आफ्नो र छोराछोरीको जिवीकाका लागी । देब बहादुरले उसलाइ यस दुखद घडीमा मल्हमको काम गरेको थियो । उसले उसको त्यस परिस्थ्तीलाइ अङ्गालेको थियो । उसले हरपल सहयोगी भूमिका निर्वाहा गरिरहेको थियो ।

तर लोग्ने भनाउदो बालापन मै बिहे गरेर ल्याएकी त्यति राम्री श्रीमतीको उपेक्षा गर्ने मात्र होइन बेला बखत उसलाइ जिउनु न मर्नु हुने गरि उसको बदनाम गर्न पनि बाँकी राख्दैनथ्यो ।

एका बिहानै रामदाइका चिया पसलमा गाईंगुईं सुनियो: देबे र रमिला त तीन दिन देखि गायब छन नि के हो । एकाथरि भन्दै थिए ठिकै गरि त्यो खडुसले त्यस्ती राम्री श्रीमतीको कदर गरेर राख्न जानेन कति सहेर बसोस बिचरीले ।

अर्काथरि भन्दै थिए होईन लोग्ने भन्या त लोग्ने नै हो त्यसरी घरै छाडेरै हिड्नु पर्थ्यो र । गाउँभरि महिनौंसम्म यस्तैखाले राम्रा नराम्रा कुराहरु भाइरल भए । तर अचम्म गाउँबाट रमिला र देब बहादुर गायब भएको पाँच बर्षपछि देब बहादुर एक्लै गाउँ फर्क्यो एउटा सानो बच्चा साथमा लिएर ।

गाउँलेहरुले बिर्सी सकेको रमिला र देब बहादुरको प्रेम कथा फेरि सम्झे । सबैको एउटै प्रश्न थियो : रमिला खोइ त ? देब बहादुरले सबैलाइ एउटै उत्तर दियो : अर्काको बाच्छो चाटनु र अर्काको स्वास्नीलाइ माया गर्नु उस्तै हुदो रैछ ।

उसका दुखमा मैले सहयोग गरे उसका हर दुखलाइ आफ्नै सम्झें र उसलाइ कहिले दुख नहोस भने सङ्गै जिउने मर्ने बाचा गरि अङ्गाले तर उसले जसरी आफ्नो लोग्ने र लालाबाला छाडेर मलाइ अपनाइ त्यसैगरि मेरो सहाराले राम्रो उन्नती गर्दै गएपछि मलाइ र यो छोरोलाइ छाडेर जुन कम्पनिमा काम गर्थी त्यहीको हाकीमसङ्ग बिहे गरी । आखिर अर्काकी स्वास्नी अर्काकै हुदो रहेछन ।

लघु कथा – दिपक कुमार बिष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।