बाहिरियो पूर्व जर्नेल एवम् माओवादी केन्द्रका पूर्व सांसद कुमार फुदोङलाई स्थानीयवासीले रामधुलाई गरेको यस्तो भिडियो (हेर्नुहोस् उक्त भिडियो)
नेपाली सेनाका पूर्व जर्नेल तथा पूर्व माओवादी सांसद कुमार फुदुङ्गलाई मंगलबार स्थानियले आक्रमण गरि घाइते बनाएका छन् । सोमबार विहान गोरखाकी २४ वर्षीया सुजिता शाही फुदुङ्गको इटहरी ४ स्थित घर कम्पाउण्डमा रहेको माछा पोखरीमा शंकास्पद रुपमा मृत भेटिएपछि उनी विरुद्ध स्थानिय आक्रोशित बनेका थिए । सोमबार विहान फुदुङ्गलाई भेट्न ८ : ३० बजे कम्पाउण्डमा छिरेकी शाही १० बजेतिर पोखरीमा डुवेर मृत्यू भएको खबर प्रहरीले पाएर उनको शव निकालेको थियो ।
स्थानियले फुदुङ्गनै घटनाको दोषी भएकाले उनलाई पक्राउ गर्नु पर्ने माग गर्दै आएका थिए । तर प्रहरीले शवको पोष्टमार्टम र अनुसन्धान सँगसँगै अघि बढाइरहेको बखत मंगलबार दिउँसो घरबाट फुदुङ्गलाई बाहिर निकाली आक्रमण गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरीले फुदुङ्गको उद्धार गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारको लागि लगेको छ ।
प्रहरीले घटनाबारे सत्यतथ्य बाहिर नल्याएको र दोषी पत्ता लगाउन अनुसन्धान प्रारम्भ नगरेको भन्दै स्थानियले इलाका प्रहरी कार्यालय अघिल्तीर टायर बालेर प्रर्दशन समेत गरे । भित्र छिरेको डेढ घण्टामा पोखरीमा यूवतीको अर्धनग्न शव भेटिनु, फेरि तिघ्रामा निलडाम हुनु । पेन्टी राम्ररी मिलेको नहुनुले घटनामा फुदुङ्गको हात हुन सक्ने स्थानियले बताए ।
शाही फुदुङ्गले सञ्चालन गरेको रिसोर्टकी पूर्व कर्मचारी हुन् । रिसोर्ट हाल बन्द छ । किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिाय अघि बढाउने सहमति भएपनि पीडितका आफन्तहरु र स्थानिय भएर फुदुङ्गमाथि आक्रमण भएको डिएसपी नरेशराज सुवेदीले बताए । उनले भने, ‘पीडितबाट किटानी जाहेरी आएपछि अनुसन्धान अघि बढाउँछु ।’
इटहरी वडा नं. ४ फुदुङको ठूलो वगैंचा क्षेत्रबीचमा घर पर्छ । घर क्षेत्रमै केही बर्षअघि रिसोर्ट सञ्चालनमा थियो । रिसोट सञ्चालन हुँदा सुजिता र उनका श्रीमान् रन्जित रानामगर काम गर्थे । त्यतिबेला रिसोर्ट फुदुङ्, रोजन राईलगायतको टीमले सञ्चालन गरेको थियो । सुजिताको बच्चा हुने भएपछि काम छाडेर काठमाडौं गए । काठमाडौंमा बसेर काम गरेपछि रन्जित गोरखा घरमा फर्कन तयार भए । प्रेम विवाह भएकाले गर्दा घर परिवारले स्वीकार नगर्ने चिन्ताले गर्दा सुजिता रन्जितसँग घर फर्कन तयार भइनन् । त्यही भएर आठ महिनादेखि सुजिता र रञ्जित अलग अलग नै बस्दै आएका थिए । छोरा साहीराज भने रन्जितसंगै बस्दै आएका थिए ।
‘एक साताअघि मात्र सुजिताले मलाई फोन गरेर गोरखामै आएर भेटिन । भेट्दा विदेश जाने योजना सुनाएर पासपोर्ट बनाउन लागेको बताएकी थिइन्,’ रन्जितले भने, ‘सुजिता इटहरी कसरी आइन र किन आइन् । अचम्मित भएको छु ।’


