काष्ठमण्डप पुनःनिर्माणमा महानगरले साथ नदिएको गुनासो

काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणका अभियानकर्मीहरु र सरकारी निकायबीच समन्वय नहुँदा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माणमा ढिलाइ भएको छ ।

प्राचीनतम् सार्वजनिक भवन मध्येमा पर्ने नेपाल मण्डलको नेवा सभ्यताको जीवन्त सम्पदा काष्ठमण्डपको निर्माण कार्य १६औँ शताब्दीमा काठमाडौँका तान्त्रिक लीलाबज्रले एउटै काठबाट गरेका थिए । यसलाई नेवारी भाषामा मरु सतः भनिन्छ । मरु सतः काठमाडौँको नेवार परम्परा एवम् थुपै्र प्रथासँग जोडिएको छ ।

काठमाडौँ महानगरपालिकाले आफूहरुलाई साथ नदिएको अभियानकर्ताको गुनासो छ । निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानबीच भएको समझदारीविपरीत महानगरपालिकाका कर्मचारीले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।

समझदारी पत्रमा प्राधिकरणका तर्पmबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका तर्फबाट महानिर्देशक भेषनारायण दाहाल, काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानका तर्फबाट अध्यक्ष श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रका बारेमा ‘थाहा छैन’ भन्दै महानगरपालिकाका कर्मचारीले ‘माथिको आदेश’ भनी काष्ठमण्डपको जगको सुरक्षा गर्न बनाउन लागिएको अस्थायी मण्डपका लागि पुरातत्वविद्समेतको उपस्थिति र निर्देशनअनुसार गाडिएको बाँसको संरचना भत्काइदिएको श्रेष्ठको भनाइ छ ।

महानगरपालिकाले पुनःनिर्माणमा ठेक्का लगाउने पक्षमा भएकाले अभियानको काममा बाधा दिइएको हुनसक्ने अध्यक्ष श्रेष्ठको दाबी छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖