मतगणनास्थलमा नाराबाजी गरेपछि साँझदेखि सुरक्षा व्यवस्था एकदमै कडा बनाईयो

गुल्मी, रेसुङ्गा नगरपालिकाको मतदानस्थलमा प्रहरीले शुक्रबार साँझदेखि सुरक्षा व्यवस्था एकदमै कडा बनाएको छ । दिउँसोसम्म पत्रकार सम्मलाई भित्र दिइएकोमा अहिले साँझदेखि पत्रकारहरुलाई पनि पहिलो तलामै राखेर माथिल्लो तलामा मतगणनास्थल सुरक्षित पारिएको छ ।

९ वटा वडा मतगणना भई सक्दा मेयरमा नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले झिनो मतले पछ्याएपछि मतदानस्थल वाहिर एमालेका कार्यकर्ताहरुले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।

विजयी जुलुस र नारावाजी गरेको केहिवेरमै त्यही हुल भित्र एक्कासी आएर आम्नेसाम्ने हुँदै नारावाजी गरेपछि प्रहरीले तत्काल थप प्रहरी वल परिसर भित्र र गेट वरीपरी थपेको हो ।

११ हजार ५ सय ४५ मत खसेकोमा हाल सम्म ९ हजार ७ मत गणना भएको छ । त्यस मध्ये श्रेष्ठ ४७२३ मत आर्थत २०७ मतले अग्रता लिएका छन् भने ४५१६ मत ल्याएर भुसालले उनलाई पछ्याइरहेका छन् ।

वडा नम्वर १० मा एमाले प्यानलको मत झण्डै डेढ सयको अग्रता भएको र मेयर पदका उमेदवार भुसालको मत बढ्दै गएका कारण एमाले कार्यकर्ता मतदानस्थल जिल्ला प्रशासन कार्यालय अगाडी नारावाजी गरेका थिए । एमालेले नारावाजी गरिरहेको स्थानमा नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि आएर नारावाजी गर्न थालेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖