नायिका तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डौं, १९ असार । पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो दायाँ हात भाँचिएको भन्दै उनले अस्पतालको बेडबाटै खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

घरको दराज लड्दा हातमा चोट लागेपछि उनी अस्पताल भर्ना भएकी हुन् । अस्पताल भर्ना भएको हल्ला भएपछि आफन्त र शुभेच्छुकले उनीबारे सोधखोज तीव्र पारेका थिए । ती सबैलाई धन्यवाद भन्दै उनले सानो सर्जरी पश्चात् हाल आफ्नो स्वास्थ्यमा सुधार आइरहेको फेसबुकमा लेखेकी छन् ।

उनी लाहुरे फिल्मको छायांकनमा व्यस्त थिइन् । फेसबुक मार्फत उनले लाहुरेको बाँकी छायांकनमा छिटै फर्कने आशा व्यक्त गरेकी छन् ।

सन् २०१२ मा मिस नेपालको ताज पहिरिएकी उनले ुगाजलुु मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।