चीनसँग टक्कर लिन भारतीय सेनाले सीमामा टेन्ट गाड्यो
काठमाडौं, २५ असार । भारत, चीन र भुटानको त्रिदेशीय मिलनविन्दुमा अवस्थित डोकलाम इलाकामा विगत तीन हप्तादेखि चलेको विवाद अझै लम्बिने संकेत देखिँदैछ । पछिल्लो जानकारी अनुसार भारतीय सेनाले उक्त इलाकाका टेन्ट गाडेर बसेको छ र चीनको दबाबका बाबजुद त्यहाँबाट हट्ने छाँट देखाएको छैन ।

विवादित इलाकामा बसेका सैनिकहरूलाई लगातार आपूर्ति गरिएको छ । उता चीनले चाहिँ आक्रामक तेवर देखाउँदै कुनै पनि सम्झौताका लागि आफू तयार नरहेको बताएको छ । चीनतर्फको क्षेत्रमा सडक निर्माणपछि उठेको विवादको समाधान खोज्ने कोशिश हुँदै गर्दा दश हजार फीटको उचाइँमा दुवै देशका सैनिक एकअर्कालाई घुरेर बसेका छन् ।
एजेन्सी


