चूडामणि शर्माविरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले कर फछ्र्याेट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा आज मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । आयोगका उच्च अधिकारीका अनुसार कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा रु १० अर्ब ९५ करोड भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

“आयोगको निर्णयलगत्तै आजै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका कारण भोलि शुक्रबारका लागि सरेको छ”, आयोगका ती अधिकारीले भने, “हाल अध्ययन भइरहेको फाइलबाट झण्डै रु ११ अर्बको भ्रष्टाचार भएको देखिएको हो । अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउन सक्छ ।”

तत्कालीन कर फछ्र्याेट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार छन् । आयोगले कर फछ्र्याेटसम्बन्धी भएका निर्णयको समग्र पक्षको अध्ययन गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।