श्रीमान बिदेशबाट घर फर्कदा श्रीमती गर्भवती भएको खुलेपछि…

खोटाङ । खोटाङको दिक्तेल बजारमा एक महिलालाई गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राखेर पारिवारिक सम्बन्ध भताभुङ्ग पारेका छन् ।

श्रीमान विदेशमा भएकी देऊ कुमारी आर्चाय (नामपरिवर्तन) सँग गाँउकै ५ पुरुषले यौनसम्बन्ध राख्दा गर्भवती भएपछि उनको परिवारीक सम्बन्ध भताभुंग भएको हो । विदेशमा रहेका महिलाका श्रीमान घर आउँदा शंका लागेर स्वास्थ्य संस्था जाँदा उनी गर्भवती भएको खुलेको थियो ।

अवैध सम्बन्धबाट पाँच महिनाअघि गर्भवती बनेकी महिलाका श्रीमानले घरबाट निकालिदिएपछि अहिले महिलाको बिचल्ली भएको छ । आफुमाथी श्रीमान नभएको बेला पाँच जना गाँउकै स्थानीयले शारिरिक सम्बन्ध राख्ने गरेको भन्दै महिलाले जवरजस्ती करणी गरेको भन्दै अहिले आफ्नै जेठाजु र ससुराको नाममा लिखित जाहेरी दिएकी छन् ।

प्रहरीमा २ जनाविरुद्ध करणीको आरोपमा लिखित जाहेरी दिएकी देऊ कुमारीले गाँउसमाज भेला हुदाँ भने अन्य ३ जना समेतसँग नियमित शारिरिक सम्र्पक राख्दै आएको खुलेको छ । महिलाका अनुसार पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै आएका थिए । उनीहरुमध्ये ४ जना आचार्य थरका र बाँकी १ जना परियार थरका रहेको उल्लेख गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।