ऐतिहाँसिक राँके मेलाको खुल्ला नृत्य प्रतियोगिता उपाधी नवअभीयान युबा क्लब ओख्रेले हात पार्यो

धनकुटा खबर / तेह्रथुम, २ साउन । तेह्रथुमको छथर गाँउपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको आयोजित नबअभीयान युबा क्लब छथर गाँउपालिका ५ ओख्रे खुल्ला नृत्य प्रतियोगिताको उपाधी हात पारेको छ ।

प्रतियोगिताको उपाधी हात पारे सँगै क्लबले नगद १० हजार प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितमा संगित समाज सेवा युबा क्लब छथर जोरपाटी २ परेवादिन धनकुटा दोश्रो र एमवाई सी मेहेलबोटे छथर गाँउपालिका ४ तेह्रथुम तेश्रो भएको क्बलका बिशेष सल्लाहाकार चिन कुमार कुरुम्भङले बताउनु भयो ।

दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल भएका क्लबहरुले नगद क्रमस ६ हजार र २ हजार प्रमाण पत्र प्राप्त गरेको क्लबका पुर्ब अध्यक्ष फौदराज कुरुम्भङले बताउनु भयो । प्रतियोगितामा तेह्रथुम धनकुटा जिल्लाका ११ वटा क्लबहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता क्लबहरुलाई प्रमुख अतिथी वडा अध्यक्ष तुलसीजंग थापाले प्रदान गर्नु भएको थियो । प्रतियोगिता मिरमिरे याक्थुङ युबा क्लब छथर पञ्चकन्या तेह्रथुमको आयोजनामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।