७ जिल्लाका ३ दर्जनलाई आर्थिक पत्रकारीता तालिम
धनकुटा खबर / ईलाम, साउन २ । पूर्वी पहाडी ७ जिल्लाका ३ दर्जन पत्रकारहरुलाई आर्थिक समचार लेखन तथा मुल्य श्रृखला सम्बन्धि तालिम दिईएको छ ।

पत्रकार महासंघ ईलामको आयोजना तथा उन्नति परियोजनाको सहयोगमा ताप्लेजुङ,पाँचथर,ईलाम,संखुवासभा,तेह्रथुम,भोजपुर र धनकुटाका ३८ पत्रकारहरुलाई उक्त २ दिने पत्रकारीता तालिम दिईएको हो ।
सन् २०१४ देखि डेनिस सरकारको उन्नति परियोजना मार्फत् ती जिल्लाका अदुवा,अम्रिसो,अलैची र चियाको मुल्य श्रृखलाको बिषयमा गरिरहेको आयोजनाहरुलाई सहयोग पु¥याउने उदेश्यले उक्त तालिम दिईएको शाखाका अध्यक्ष कोकिला ढकालले जानकारी दिए ।
साउन १ र २ गते ईलाममा सम्पन्न उक्त तालिममा हिमाल पत्रिकाका सम्पादक किरण नेपालले आर्थिक पत्रकारीताका बिषयमा,सर्वोच्च अदालत बार एशोसियसनका प्रतिनीधि रामकृष्ण काफ्लेले बिभिन्न ब्यपारीक सन्धीहरुका बारेमा र उन्नती परीयोिजना ईलामका अफिसर कृष्ण प्रसाद ढुंगानाले मुल्य श्रृंखलाका बिषयमा प्रशिक्षण दिएका थिए ।
सन् २०१७ सम्मको लागि ४ वटा कृषि उपजको मृल्य श्रृंखला निर्धारण गर्नका लागि उन्नतीले ६४ करोड ५० लाख बराबरको १ सय ५५ आयोजनाहरु सन्चालन गरिरहेको कार्यक्रममा जानकारी दिईएको छ ।


