गायक बद्रि पंगेनीको स्पटोक्ति : म पक्राउ परेको होइन

काठमाडौं, ४ साउन । लोक गायक बद्री पंगेनीले आफूलाई प्रहरीले पक्रउ गरेको भनी आएको समाचारको खण्डन गर्नु भएको छ । पंगेनीलाई मंगलवार राति काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको समाचार आएको थियो ।

उनले आफू लोकदोहोरी प्रतिष्ठनको बैठकमा सहभागि भएको वताउँदै पक्राउ परेको खवर सत्य नभएको उहाँले वताउनु भयो । पंगेनीले मंगलवार आफू कुनै प्रहरी हिरासतमा नभएर आफ्नै घरमा रहेको बरु मंगलवार साँझ लोकदोहोरी प्रतिष्ठनका सदस्य समेत रहेका केहीलाई प्रहरीले घेरा हालेको थाहा पाएर प्रहरी कार्यालयमा बुझ्न गएको वताउनु भएको छ ।

‘मंगलबार राति म कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही आफ्नै घरमा रहेको जानकारी गराउन चाहन्छु । बरु, मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ ।

उहाँहरु तास खलिरहेको अवस्थामा समातिनुभएको जानकारी पाएँ’ पंगेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ । तर, जसरी आफैँ पक्राउ परेको भनी मेरो मान मर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु ।’

यस्तो समाचार बाहिरिएपछि उनले स्पष्टोक्ति दिएका हुन -> जुवाको खालबाट लोक गायक बन्द्री पंगेनीसहित ११ जना पक्राउ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।