भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ कर्मचारी निलम्बित

भीमदत्तनगर, ५ साउन । भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिनुभयो । निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इञ्जिनीयर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् ।

यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिनुभयो । “आन्तरिक छानबिन ग¥यौँ, कैफियत देखियो ”, उहाँले भन्नुभयो, “सो कार्यमा संलग्न देखिएपछि निलम्बन गरिएको हो ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖