चीनलाई भारतीय विदेशमन्त्रीको खतरा चेतावनी ! अब चीनले के गर्छ ?

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको हो ।

‘वर्षौंदेखि तीन देशको जक्सन डोकलामको अन्तिम बिन्दुतर्फ चीन नजिकिएको छ । डोकलाममा चीनले सडक मर्मतलगायत गतिविधि सञ्चालन गरिरहेको छ । भारतको सुरक्षाका लागि हामी हतियारले पूर्ण रूपमा सुसज्जित छौँ,’ भारत र चीनको सीमा विवादबारे बिहीबार राज्य सभामा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिँदै विदेशमन्त्री स्वराजले भनिन् ।

१६ जुनमा चिनियाँ जनसेनाले एकतर्फी रूपमा सीमा क्षेत्रमा सडक निर्माण गरेपछि भारत–चीन विवाद बढेको चुलिएको उनले बताइन् । ‘तर, यसपटक उनीहरू जक्सनको अन्तिम बिन्दु अतिक्रमण गर्ने उद्देश्यका साथ बुलडोजर र अन्य निर्माण उपकरणसहित अघि बढेका छन् । चिनियाँ गतिविधिले हाम्रो सुरक्षामा खतरा निम्तिएको छ,’ स्वराजले भनिन् ।

विदेशमन्त्री स्वराजले चिनियाँ सेना पछाडि हटे भारत पनि हट्ने संकेत गरिन् । ‘चिनियाँ सेना पछि हटे मात्र बल्ल न्याय हुुन्छ,’
उनले भनिन् । उनले चीनको वान बेल्ट वान रोड परियोजना (ओबोर) को समेत विरोध गरिन् । परियोजनाको सुरुदेखि नै भारतले विरोध गर्दै आएको उनले बताइन् ।

‘हिन्दू राष्ट्रवादले चीनविरोधी गतिविधि’

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले हिन्दू राष्ट्रवादका कारण भातमा चीनविरोधी गतिविधि बढेको टिप्पणी गरेको छ । चीनले भारतीय सेनालाई पछाडि हट्न दिएको चेतावनीका बाबजुद चीनविरोधी गतिविधि बढेको बेइजिङले आरोप लगाएको छ । भारतले चीनलाई शत्रुको रूपमा हेर्ने गरेको पनि सो पत्रिकाका सम्पादकीयमा टिप्पणी गरिएको छ ।

भारतले चीनलाई सधैँ प्रतिद्वन्द्वी र सम्भाव्य शत्रुका रूपमा हेर्ने गरेको चीनको आरोप छ । ‘सीमायुद्धदेखि नै चीनविरोधी बदलाको ज्वरोले भारतमा जरा गाडेको छ । नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएसँगै राष्ट्रवादी भावना अझै उग्र बनेको छ,’ सम्पादकीयमा उल्लेख छ ।

विदेश नीतिको सबालमा कडा रूपमा प्रस्तुत हुन नयाँदिल्लीमाथि दबाब परेको पत्रिकाले टिप्पणी गरेको छ । ‘विशेषगरी पाकिस्तान र चीनसँगको सम्बन्धमा दिल्लीमाथि दबाब छ,’ सम्पादकीयमा लेखिएको छ । सन् १९६२ को युद्धपछि केही भारतीय चीनसँग डिल गर्न शुन्य मानसिकतामा पुगेको चीनले आरोप लगाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖