उत्तरकोरियालाई जवाफ दिन दक्षिणको यस्तो आग्रह, आज हुने भनिएको सैन्य वार्ता पनि टुंगो लागेन

सोल, साउन ६ । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ता प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार (आज) पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर, सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन । उक्त जवाफ नपठाएकोले दक्षिणले शुत्र,बार (आज) सो आग्रह गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गएको सोमबार वार्ताको प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भने– ‘कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ ।’

उनले सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस भन्ने हाम्रो आग्रह रहेबमे बताउँदै उनले भने, ‘जसले गर्दा अहिलेको अवस्थामा शान्तिवार्ता अत्यावश्यक रहेको कुरा पनि पुष्टि गर्नेछ ।’

प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा शुक्रबार अर्थात आज नै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको जानकारी पनि सो अवसरमा दिए ।

उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न सो वार्ताको प्रस्ताव गरिएको उनको भनाई थियो ।

उत्तर कोरियासँग रेडक्रसले कोरियाली युद्धताका छुट्टिन पुगेका उत्तर र दक्षिण कोरियाका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि पनि प्रस्ताव गरेको थियो । सो विषयमा दक्षिणले पनि आफ्नो प्रस्तावमा समेटेको थियो ।

रेडक्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको थियो । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता च्युनले बताए ।

प्रवक्ता च्युनले सो नियमित पत्रकार सम्मेलनमा भने– ‘कोरियाली प्रायद्वीप उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिकरुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ नआएकोले सो वार्ताको बारेमा केही भन्नसक्ने स्थिति छैन ।’

यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय–समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि सो वार्ताको प्रस्ताव गरिएको यसअघि बताएका थिए ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबारमात्र जारी विज्ञप्तिमा उनको सो भनाई आएको थियो । उनले पनि उत्तरले शान्ति वार्ताको प्रस्तावमा जवाफ पठाउन ढिलाई गरेर गल्ती गरेको बताएका थिए ।

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच आपसी औपचारिक वार्ता भएको छैन । त्यसैगरी, यी दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन पनि त्यसयता भएको छैन ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको संख्याका नागरिक अलग भएर बसेका छन् । रासस/एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖