१२ बर्षको कलिलो उमेरमै यी बालकको यस्तो पीडा ! – हेर्नुहोस् भिडियोसहित

काठमाडौं । कालिकोट सन्नी त्रिवेणी गाउपालीका वडा नं १ का १२ वर्षिय हेमराज गीरि । आमा बुवा ,एउटा दिदी, २ भाई सहित उनको संसार खुसीले भरीपुर्ण थियो । हजुरबुवा, हजुरआमाले पुराना कथा सुनाएर मन बहलाउनुहुन्थ्यो, ठुलोबुवा आमाले केही दुख पर्दा छहारी दिनुहुन्थ्यो ।

कालिकोटकै श्री शंकर माध्यमिक विद्यालयमा पढ्ने हेमराज आफ्नो कक्षाका प्रथम विद्यार्थी थिए । एकाएक उनको जीवनमा अध्यारो छायो । जन्मदिने आमाले अर्कैसंग बिहे गरेर उनलाई छोडिन् भने बुवाले समेत सैतेनी आमा भित्र्याए । घरमा मेलमिलाप नभएपछि बुवा पनि सौतेनी आमाको माइतीमै बस्न थाले ।आमा र बुवाको छहारी खोसिएका हेमराज एक्ला भए । उनलाई पढ्ने रहर थियो त्यसैले पढाईलाई अघि बढाउन सुर्खेत आए । बुवा र सौतेनी आमाले सुर्खेतमा आफन्तको घरमा एक्लै छाडीदिए । जसोतसो विद्यालय जांदै थिए उनलाई एकाएक बाटोमा हिड्दा चक्कर लाग्ने, टाउको दुख्ने ज्वरो आउने जस्ता लक्षण देखियो ।बाबुआमाको काख छोडेर सुर्खेतमा बस्दै आएका हेमराजले सुरुमा त कसैलाई यो कुरा भनेनन् । पछि रोग बल्झिदै गएपछि आफन्तहरुले थाहा पाए । आफन्तले उनलाई सामान्य रोग ठानेर उपचार गराउन लैजांदा हेमराजलाई ब्लड क्यान्सर भएको थाहा भयो ।

एक त बिपन्न परिवारमा जन्मेका हेमराज, त्यसै माथि आमा बुवाको माया र छहारी नपाएका त्यस्तो अवस्थाका उनलाई ब्लड क्यान्सर भयो ।
परिवारका सदस्यले समेत वास्ता नगरेपछि आफन्तहरुले उनलाई उपचार खर्च जुटाउन काठमाण्डौ ल्याएका छन् । चिकित्सकले तुरुन्तै उपचार सुरु गर्नुपर्छ भनेका छन् त्यसका लागि लाखौं रुपैया लाग्छ । तर बेसहारा हेमराजले कहांवाट ल्याउने । उनलाई सहयोग गरीरहेका आफन्तरुहरुले उपचारका लागि लाग्ने खर्च जुटाउन १५ दिन देखि काठमाण्डौमा भौतारिइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।