नेकपा एमाले नेता माधवकुमार नेपालको गाडीमा तोडफोड

काठमाण्डौं, ८ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो ।

तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । यो पूर्वप्रधानमन्त्री नेपालले नियमित चढ्दै आएको गाडी भने होइन । नेता नेपाल एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा गएका थिए ।

तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।