तेह्रथुममा धामीझाँक्रीलाई सम्मान गरीने

धनकुटा खबर । तेह्रथुम, ८ साउन । तेह्रथुमको छथर शुक्रबारेमा मौलिक संस्कृती संरक्षणका लागी यस बर्ष पनि धामीझाँक्रीहरुलाईहरुलाई सम्मान गरीने भएको छ ।

परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्रमा रहेका धामीझाँक्रीहरुलाई सम्मान गर्ने भएको रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा रहेको छथर सुक्रबारे बजारमा हरेक बर्ष ऐतिहाँसिक रुपमा लाग्दै आएको पुर्णीमाको अबसरमा यस क्षेत्रका धामीझाँक्रीहरुलाई सम्मान गर्दै आए सँगै यस बर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै सम्मान गरीने भएको अध्यक्ष आंखेवाले बताउनु भयो ।

यस क्षेत्रका धामीझाँक्रीहरु बिशेष गरी भदौ पुर्णीमाको अबसरमा आध्यात्मिक ज्ञान आर्जन गर्ने उदेश्यका साथ तेह्रथुमको छथर क्षेत्रको धरोहरको रुपमा रहेको मार्गपोखरीमा पुर्णीमाको पहिलो दिन गुफा बस्ने गरेको छथर गाँउपालिका २ हमरजुङका धामी कान्छा बहादुर लिम्बुले बताउनु भयो । उहाँका अनुसार ज्ञान आर्जनका लागी पुर्णीमा आउने दश दिन अघीदखी धामझाक्रीहरु आ आफ्नो घरमा चिन्ता बस्नको साथै पुर्णीमाको पहिलो दिन सामुहिक रुपमा गुफा बस्दै आउने गरेका छन । गुफा बसी सकेपछि फर्कीएर धामीझाँक्रीहरुको समुहले छथर सुक्रबारेमा रहेको (सेप्माङलुङ­) रत्नदेबीमा आए पुजाआजा गरी आ आफ्नो घरमा फर्कि भोली पल्टको दिन गूरुपुजाको रुपमा सामुहिक रुपमा हरेक धामीझाँक्रीहरुको घर घरमा पुजा गर्दै आएको धामी ज्ञान बहादुर लिम्बुले बताउनु भयो ।

पूर्णिमाको अबसरमा तेह्रथुमको छथर क्षेत्र सँगै धनकुटा जिल्लाको धामीझाँक्रीहरुको सहभागीता रहदै आएका छन । बर्षको एक पटक मात्र धामीझाँक्रीहरुले आफ्नो मौलिक नाच पुर्णीको अबसरमा प्रर्दशन गर्दै आउने गरेका छन । यसरी मौलिक संस्कृती संरक्षणका लागी रत्नदेबी युबा सेवा समाजले केही बर्ष यता सम्मान कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖