डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा रहेका एसएसपी सर्वेन्द्र खनाल ट्राफिकको कमाण्डमा !
काठमाडौं, १० साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्वमा एसएसपी सर्वेन्द्र खनाल आएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआइजी मिङमार लामालाई हटाएर खनाललाई महाशाखामा पठाएका हुन् ।
खनाल आजै महाशाखामा हाजिर भएका छन् । खनाल ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा रहेका एसएसपी समेत हुन् ।


