अर्धभूमिगत मसालले भन्यो,- भारतीय पक्षको योजनाअनुसार नै संविधानमा संशोधन गर्न लागियो

बुटवल, १० साउन । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताउनु भएको छ ।

अर्धभूमिगत नेकपा (मसाल)को पाँचौँ राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न नेता सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियताको विषयमा चिन्ता गर्नुभएको छ । भारतीय पक्षको योजनाअनुसार नै संविधानमा संशोधन गर्न लागिएको नेता सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसद्मा प्रस्ताव गरिएको संविधानको दोस्रो संशोधन विधेयकका विरुद्व एकताबद्व हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले एकै पटकमा हुनुपर्ने स्थानीय तहको निर्वाचन चरणबद्ध रूपमा गर्ने कार्य आपत्तिजनक भएको समेत बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।