आफूलाई ​’रअ’को नेपाल प्रमुख भन्दै धम्काउने गिरोह पक्राउ

काठमाडौं, ११ साउन । भारतीय गुप्तचर निकाय ‘रअ’ को नेपाल प्रमुख भन्दै देशभरीका व्यवसायीलाई धम्काउदै पैसा असुल्ने गिरोह पक्राउ परेको छ ।

चितवन प्रहरीले मुख्य योजनाकार ईश्वर बस्नेतसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा रामकृष्ण श्रेष्ठ, मनोज श्रेष्ठ र रोशन बस्तेत छन् ।

उनीहरुले चितवनका व्यवसायीहरुलाई फोन तथा एसएमएसबाट धम्की दिइ पैसा असुलेको चितवनका एसपी दीपक थापाले बताए । बच्चा अपहरण गर्नेसम्मको धम्की दिएर उनीहरुले पैसा असुलेका थिए ।

दाङका व्यवसायी राजकुमार श्रेष्ठको जस्तै अपहरण गरी हत्या गर्ने भन्दै व्यापारीलाई उनीहरुले एसएमएस पठाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।