फेसबुकमा ‘समाप्त’ र ‘अलक्षिना’ स्टाटस लेखेर एक युवाले गरे आत्महत्या !

साउन १२, उदयपुर | फेसबुकमा आफनो स्टाटसमा अलक्षिना र त्यसअघि समाप्त भन्ने शब्द शिर्षक लेखेर त्रियुगा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २१ बर्षिय एक युवाले विहिबार मध्यरातमा आत्महत्या गरेकाछन् ।

शुसिल कोईराला नाम गरेका ति युवाले बिहिबार राति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक पेज शुसिल कोईराला पेजमा उक्त शब्द लेखेर गलामा पासो लगाई झुण्डिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिन देखि फेसबुक पेजमा निराशाजनक शब्द र साहित्यीक वाक्यहरु लेख्दै आएका कोईराला मानसिक तनाबमा समेत रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।

केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेको र श्रीमती विहिबार विहान करिब १० बजेको समयमा घर आईपुग्दा कोठा बन्द रहेकोले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

कोइरालाको शव आजै दिउसो पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनले बुधबार राति १० बजेर २० मिनेटको समयमा “अलक्षिना” शिर्षकमा यस्तो लेखेका थिए ः

“मैले गर्दा र म उ सँग नजिक हुँदा उस्लाई नराम्रो हुने रहेछ । जब जब म उ सँग नजिक भएँ तब तब उ कुनै न कुनै भुमरीमा फस्न थाल्यो । हिजो थाहा पाएँ मैले , म उ बाट टाडै बसेको राम्रो भन्ने कुरा ।

म र मेरो यादहरूले सायद उस्लाई कुनै भुमरीमा पो फसाउँछ की ? मेरो सरिर त उ बाट टाडै राखुँला , तर के मेरो मन उ बाट टाडा राख्न सक्छु होला र ..?

जन्मेको दिन र बार अनी समय त राम्रै थियो मेरो । तर म किन उस्को लागी अलक्षिना बन्न पुगेँ ….. के म सचै नै अलक्षिना हो ।” -साझा सबाल अनलाइनबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖