जग्गा सिमा विवादमा कुटाकुट, बाबु-छोरा घाईते

दाङ, साउन १२ । दाङको बिजौरीमा जग्गाको सिमा विवादका कारण कुटाकुट हुँदा दुई जना घाईते भएका छन् । तुलसीपुर १८ बिजौरीको डौडरमा गएराती जग्गाको सिमाका कारण विवाद हुँदा एकै घरका बाबु छोरा गम्भीर घाईते भएका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिमिल्सीनाका अनुसार ६४ वर्षिय बुवा नरबहादुर खड्का र उहाँकै ३३ वर्षिय छोरा रामबहादुर खड्का गम्भीर घाईते हुनुभएको छ ।

फरुवा र भाटा प्रहारबाट घाईते दुबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज पठाईएको छ ।

कुटाई बाट नरबहादुरको दुइवटा करङ भाँचीएको र रामबहादुरको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । कुटपीटगरी घाइते बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिजौरी डोरचौरका बसन्त बस्नेत, इन्द्र बस्नेत, नारायण बस्नेत र बिमल बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सीनाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।