भरतपुर १९ को मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

काठमाडौं, १५ साउन । चितवनको भरतपुर महानगरपालिकामा फेरि निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा सर्वोच्च अदालतमा भइरहेको सुनुवाई सकिएको छ । अब आदेश आउन मात्रै बाँकी छ ।

मतपत्र च्यातिएपछि निर्वाचन अयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ ।

एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् । उक्त मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।