‘राष्ट्र कसैको बिर्ता होइन, यी राष्ट्रघाती नेताहरूले पटक पटक स्खलित बनाउन…’
प्रधानमन्त्रीको रुपमा देउवाको यो अन्तिम भारत भ्रमण हो अब प्रधानमन्त्रीको रुपमा फेरि कहिले पनि हुने छैन ।
धेरै परको इतिहास तिर नजादा हुन्छ मात्रै २००७ साल पछीको राजनीतिक घटनाक्रम लाई हेर्दा मात्र पुग्छ। बिगतका सन्धि सम्झौताले के गरे कत्तिको फाइदा भयो र कत्तिको बेफाइदा भयो ति खोजिरहनु पर्न खासै जरुरत छैन जस्तो लाग्छ प्रष्ट रूपमा देखिएको कुरा हो २००७ साल सम्म आइपुग्दा कति धमिराहरुले घरको काठ सखाप परे त्यो भन्दा झनै २००७ पछि का धमिराहरुले सखाप पारे, यस्तो प्रकारको राजनिती के को लागी हो?

र कस्को मन शान्त बनाउनको लागि हो हामी जनताले थाहा पाएर पनि चुपचाप टुलुटुलु हेरेर धारे हात मात्रै लगाउनु झनै घातक हौ।
यस्ता यस्ता धमिराहरुलाइ अब चोक -चोकमा लगेर नाङ्गो झार बनाउनु पर्छ, यतिले मात्रै भएना भने राष्ट्रघातीहरुलाइ काठमाडौको टुडिखेलमा लगेर बाली दिन पछि पर्नु हुदैन। कति सहनु सहना को पनि सिमा एउटा सिमा हुन्छ जति पटक प्रधानमन्त्री हुन्छ तेति पटक रास्ट्रघाती सन्धि सम्झौता गरेकै हुन्छ।
यस्को पुर्ण भाग्यदार भनेको नेपालको नेपाली काङ्ग्रेस मात्रै हो। नेपाली काङ्ग्रेसबाट जति जति प्रधानमन्त्री भए सबैले भारतसंग लम्पसार पर्दै राष्ट्र हित विपरितका सन्धि सम्झौता गरेका छन्। या बि पि कोइराला हुन या मातृकाप्रसाद ,गिरिजा या भटटाराइ हुन सबैले यस्ता देश र राष्ट्रका प्राकृति धरोहर नेपाली जनताको हित विपरित सम्झौता गरेका छन्। अहिले आएर फेरि शेरबहादुर देउवाले पुन: दोस्रोपटक सम्झौता गरे।
ध्यान रहोस् शेरबहादुर देउवाजी ! महाकाली सम्झौतामा हजुर एउटा गिरिजा प्रसादको दोस्रो रूपमा राष्ट्रघाती सम्झौताको पात्र हो, अहिले पनि लेखेर राखेका आम नेपाली जनताले च्यातेर फालेका छैनन् ताजै छन् अहिले फेरि यो राजा महाराजाहरुले नै घातक सम्झौता हो भनी नमानेको विषयलाइ हजुरले प्रथामिकता दिनु भए छ।
अब के यो सम्झौता सहि छ ? छातिमा हात राखेर भन्न सक्नु हुदैन यो सहि सम्झौता हो भनेर किन कि हजुरको मन राष्ट्रप्रति छदै छैन अरुको खुसी पार्न ,अरुकै गुलाफ बन्ने र अरुकै अगाडि देशलाई बन्धक पारेर लम्पसार पर्न हजुरको आदत हो भन्ने प्रष्ट पटक पटकका घटनाक्रमले बताइसकेका छन। हजुर एउटा राजनीतिक को खार बाट आएको ब्याक्तित्व हो रे।
होला म मान्न तयार छु। केही विगतका जिवनी पढेको छु।हजुरका कति बर्ष राजनीति गर्नु भो कति पटक जेलमा पर्नु भो,कति यातना पाउनु भो र कति पटक देशको प्रधानमन्त्री बन्नु भो यस्ले कुनै माइन राख्दैन। जब राष्ट्रलाई हानी ,र राष्ट्रको छबि, स्वाभिमानलाई निहुँर्याएको खण्डमा।
हिजो जुन दिल्लीमा गरेको सम्बोधन थियो लाग्छ हजुर दिल्लीले नै पालेको एउटा पहरेदार हो, यदि यस देशको प्रधानमन्त्री हो भन्ने आफ्नो देशको समस्या पराइ देशमा गएर सुनाइदैन त फेरि भारतीय प्रधानमन्त्री मोदीले के तेरो नेपालको समस्य समाधान भो या के समस्या छ भनी सोधपुछ गरेका थिए र?
आफ्नो देशकी संविधानलाई पराइ राष्ट्रमा गएर खिल्ली उडाउनु भन्नेको के राम्रो हो? राष्ट्र जस्तोसुकै होस् राष्ट्रको स्वाभिमान र त्यस् देशको संविधानको आफ्नै , सान , हुन्छ प्रधानमन्त्रीज्यु । यत्ति जाबो कुरा थाहा छैन भने त्यो मानेमा देउवा राष्ट्रको प्रधानमन्त्री लायक हुनै सक्दैन! बरु डडेलधुरा तिर गएर खेती पति गरे हुन्छ। हामीलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रको मर्यादा रहि जनताको आवाज सुन्ने प्रधानमन्त्री चाहिएको हो कुनै महाकाली र कुनै बाध र तटबन्ध पर्खाल खडागर्ने प्रधानमन्त्री चाहिएको होइन।
यदि यस्तै भयो भने सम्माननिय प्रधानमन्त्रीज्युको प्रधानमन्त्रीको हैसियतले यो भ्रमण अन्तिम हुन सक्छ । र हजुरको पार्टीको अवस्था पनि कम्जोर हुन तेति समय लाग्ने छैन। यो स्थानीय चुनावको नतिजाले पनि केहि संदेश दिएकै होला।
यदि माओवादीसंग काध नमिकाएको भए झनै नाजुक अवस्था हुने निश्चित थियो। जे होस् इतिहासले अब फेरि पटक पटक सम्झिरहने छ।
जब त्यो ,बाध , बन्ने छ हरेक बर्ष वर्षा यामको बेला धेरै भन्दा धेरै नेपाली जनताले सम्झने छन्। अन्तमा राष्ट्र सबैको साझा हो, राष्ट्र कसैको बाबुको जिउनी होइन यस्लाइ संरक्षण गर्ने हरेक नेपाली जनताको हो। तर यो कुरा असक्षमबाट राष्ट्रघातीको उपाधी पाएको देउवालाई के थाहा होला र !
– नवराज शाही / खबर टाईम ।


