धनकुटामा बार्षिक समिक्षा गोष्ठि सम्पन्न
धनकुटा खबर, १२ भाद्र । गत आर्थिक वर्ष २०७३÷७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको दुई दिने बार्षिक समिक्षा गोष्ठि आज धनकुटामा सम्पन्न भएको छ । जिल्ला समन्व्य समिति धनकुटाको आयोजनामा गोष्ठि सञ्चालन भएको हो ।
दुई दिन सम्म सञ्चालन भएको गोष्ठिमा गत आर्थिक वर्ष जिल्लामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको वारेमा छलफल गरिएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकवहादुर चुवानको अध्यक्षतामा भएको गोष्ठिमा विभिन्न सरकारी तथा ग्रैह सरकारी कार्यालय मार्फत सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको प्रस्तुति गरिएको छ ।
बार्षिक समिक्षा गोष्ठिमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती,विभिन्न राजनितिक दल,सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रनितिधिको उपस्थिती रहेको थियो ।


