पत्रकार महासघं धनकुटाका संस्थापक अध्यक्ष राईलाई उपचारका लागि आर्थिक सहयोग

धनकुटा खबर, १२ भाद्र । साझाँ सञ्चार नेपाल धनकुटाले नेपाल पत्रकार महासघं धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईलाई उपचारका लागी आर्थिक सहयोग गरेको छ ।

साँझा सञ्चार नेपाल धनकुटाले आज एक कार्यक्रमका विच उपचारका लागी सहयोगार्थ नगद ५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय उपाध्ययक्ष समेत रहनु भएका राई मुटु रोग सम्वन्धि समस्या भएपछि हाल काठमाण्डौमा उपचार गराईरहनुभएको छ । उक्त सहयोग रकम नेपाल पत्रकार महासघं धनकुटाका सचिव विदुर खवासलाई साँझा सञ्चार नेपाल धनकुटाका अध्यक्ष भेषराज कटेलले हस्तान्तरण गर्नुभएको छ ।

पत्रकारहरुलाई स्वास्थय समस्या पर्दा सहयोग गर्ने उद्देश्य अनुसार आर्थिक सहयोग गरेको साँझा सञ्चार नेपालका उपाध्यक्ष एवं आर्थिक समिति संयोजक डाः खगेन्द्र कटुवालले वताउनुभयो । आर्थिक सहयोग नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय सदस्य सिद्धराज राई लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।