आफन्त र छिमेकीबाट ४० करोड ठगेर एक महिला बेपत्ता

पोखरा, १९ भदौ । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।

डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताउनुभयो । पन्ध्र वर्षसम्म उनीहरुसँग आपूmले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उहाँले बताउनुभयो ।

स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आपूm रु ९० लाख ठगिएको बताउनुभयो । अनेक बहाना गरेपछि आपूmसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख निजलाई दिएको जिकिर गर्नुभयो ।

यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖