२ नं. प्रदेशको स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि एमाले अध्यक्ष ओली मधेस झर्ने

काठमाडौं, २० भदौ । २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि एमालेका अध्यक्ष केपी ओली तराई झर्ने भएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओली निर्वाचन प्रचार प्रसारका लागि तराई जाने तयारीमा रहेको बताए ।

‘एमाले अध्यक्ष आफ्ना उम्मेदवारहरूको पक्षमा मत माग्न तराई मधेस जाने तयारीमा हुनुहुन्छ’, नेम्वाङले भने, ‘एमाले र एमालेका नेताहरूलाई तराई मधेस जानबाट कसैले रोक्न सक्दैनन् । अहिले पनि एमालेका नेताहरू तराईमा गएर आफ्ना उम्मेदवारहरूका पक्षमा भोट मागी रहनु भएको छ ।’

एमालेका नेताहरूलाई तराईमा प्रचार प्रसारका लागि जानबाट राजपा नेपालका नेता तथा कार्यकर्ताले अबरोध पुगाइ रहेका बेला एमालेका नेता नेम्वाङले अध्यक्ष ओली तराई जान लागेको बताएका हुन् ।

https://youtu.be/zYZK1o41tQg



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।