महोत्तरीमा मनोनयन दर्ताको मुखैमा बम विस्फोट

स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन महोत्तरीको बर्दिबासमा बम विस्फोट भएको छ । बर्दिबास नगरपालिकाको कम्पाउन्डबाहिर वालुवा राखिएको ठाउँमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

टिफिन बक्सभित्र विस्फोटक पदार्थ राखेर पड्काइएको बलबाट जनधनका क्षति नभएको उनले बताए । बेलुकी ८ बजरेर १० मिनेटमा बम विस्फोट भएको थियो । नेपाली सेनाको फस्ट राइफल गणका मेजर भरत विष्टले थोरै विस्फोटक मात्र विस्फोट भएकाले कुनै क्षति नभएको बताए ।

घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । अरु बम पनि हुन सक्ने आशंकामा सर्च गरिए पनि थप विस्फोटक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।

विस्फोटको घटनापछि पश्चात बर्दिवासलगायतका स्थानमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖