नेपाल आइडल बारे अद्दालतको यस्तो आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्नु भएको थियो । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो ।

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राती ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आएपनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।