४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर ५ लाख घुस लिँदालिदै यसरी परे फन्दामा – हेर्नुहोस् भिडियो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
धनकुटा खबर । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहीबार बिहान पक्राउ गरेको हो । आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगले जनाएको छ । पक्राउ पर्नेले ४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी रु एक हजार ५ सय दरले रु ६ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा रु पाँच लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो । हेर्नुहोस् भिडियो


