‘चीनसँग रेलमार्ग जोड्ने नेपालीको तीव्र चाहना’

काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गर्नुुभएको छ ।

परराष्ट्रमन्त्री महराले आज विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौँ रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताउनुभयो ।

उहाँले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको अवगत गराउँदै ओबोर नेपाल अति कम विकसित मुलुकबाट विकसित मुलुकका स्तरोन्नति हुन सहयोग पुग्ने बताउनुभयो । नेपालका विविध क्षेत्रमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चीन पहिलो जनाउँदै उहाँले सञ्चार, पर्यटन, पारवहन, सडक र रेलसम्ममा चिनियाँ लगानी आकर्षित गर्न विगतमा भएका समझदारी पूरा गर्न नेपाल सरकार प्रतिबद्ध छ भन्नुभयो ।

चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओबीच आजै दुई देशका जनतादेखि जनतासम्मको सम्पर्कको प्रवद्र्धन र आपसी हितका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री महराले आजै नेपाली दूतावासको नयाँ वेबसाइट सार्वजनिकीकरण गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖