विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्यासम्बन्धी समाचार प्रकाशन-प्रसारण गर्दा संवेदनसील हुनुपर्ने

काठमाडौँ, २५ भदौ । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन-प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो ।

मनोविज्ञानमा विद्यावारिधि गर्नुभएका विजय ज्ञवालीले आत्महत्याका समाचार कहाँ राख्ने, केके कुरा समेट्ने, शीर्षक कस्तो राख्ने भन्ने विषयमा सजक हुनुपर्ने बताउनुभयो । आत्महत्याबारे खुलेर कुरा नहुँदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।

प्रजनन उमेर समूह (१५–२९)का व्यक्तिको मृत्युको तेस्रोे प्रमुख कारण आत्महत्या रहेको ज्ञवालीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो । साठी प्रतिशत आत्महत्या निराशाका कारणले हुने उहाँको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन । साइडडेक्स फाउण्डेशनका अध्यक्ष नरेन्द्र ठगुन्नाका अनुसार आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्महत्या गरेका छन् । गृहमन्त्रालयबाट लिइएको उक्त तथ्यांकमा झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ ।

गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको बताइन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖