राष्ट्रपतिद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ, देउवा सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ

काठमाडौँ, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।

===
देउवा सरकारका मन्त्री नवनियुक्त को कस्ता ?

विजय दमासे
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकार विस्तार गरे । कमल थापाबाट हालैमात्र छुट्टिएको राप्रपा (प्रजातान्त्रिक)बाट देउवाले दीपक बोहोरासहितका तीन जनालाई आफ्नो सरकारमा थपेका हुन ।

उनीहरु सरकारमा थपिएसँगै वर्तमान सरकार आकारको हिसाबले हालसम्मकै जम्बो भएको टिप्पणी गरिएको छ ।

देउवाले मन्त्रीमण्डल विस्तार गर्दा निर्वाचन आयोग सहित प्रमुख प्रतिपक्ष दल एमालेले असन्तुष्टी जनाएको छ । आचारसंहिता विपरित सरकारले सरकार मन्त्रीपरिषद् विस्तार गरेको भन्दै असन्तुष्टी जनाएका हुन ।

आखिर देउवाले बनाएको जम्बो मन्त्रीमण्डलमा कस्ता मन्त्रीले जिम्मेवारी पाए त ? यो सबैलाई चासोको विषय बनेको छ । यस्ता छन्, देउवाले नियुक्त गरेका मन्त्रीहरु ।

दीपक बोहोरा
पंचायत कालदेखिनै राज्यको नीति नियम निर्माण गर्ने तहमा बस्न सफल बोहोराले यसअघि वन, आपूर्ती, श्रम लगायतका मालदार सम्हालि सकेका छन् ।

यसपाली उनले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । तत्काल निर्णय गर्न सक्ने क्षमता राख्ने बोहोरा एक विवादित पात्र हुन ।

उनलाई पदीय दुरुपयोग गरी अकुत सम्पती आर्जन गर्ने व्यक्तिका रुपमा चिनिन्छ । पछिल्लो समय उनी आयल निगमको जग्गा प्रकरणसँग समेत जोडिन पुगेका छन् ।

विक्रम पाण्डे
०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै राप्रपामा महामन्त्रीसमेत भएका व्यक्ती हुन ।

पाण्डेले सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसकेका छन् भने उनले यसअघि भुमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालि सकेका छन् ।

स्रोतका अनुसार उनी अमेरिकाको ग्रिन कार्डधारी रहेको पनि बताइन्छ । उनी बढि पछिल्लो समय ठेक्कापट्टामा तल्लिन रहने गरेको स्रोत बताउछ । उनले वन तथा भू संरक्षणको जिम्मेवारी लिएका छन् ।

सुनीलबहादुर थापा
सुनील सूर्यबहादुर थापाका छोरा हुन् । थापा धनकुटा–२ बाट तत्कालीन राप्रपाबाट निर्वाचित भएका थिए ।

उनी पनि एक विवादास्पद पात्रका रुपमा चिनिन्छन् ।

उनलाई यतिबेला उद्योग मन्त्रालयको जिम्मेवारी दिएको छ । कमल थापा नेतृत्वको राप्रपा विभाजन गर्न उनको बढि हात रहेको बुझिन्छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री समेत उनी यसअघि बनिसकेका छन् । उनले भ्रष्टाचार प्रकरणमा चर्चा कमाएका गोपाल खड्कालाई आयल निगममा ल्याउन ठूलो भुमिका खेलेको बताइन्छ ।

रेशम बहादुर लामा
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा स्थानीय विकास सहायकमन्त्रीको जिम्मेवारी पाएका उनले यतिबेला उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तत्कालिन सरकारले विराज विष्टलाई पदमुक्त गरि सो ठाउँमा लामालाई नियुक्ति दिएको थियो ।

उनी काभ्रेपलाञ्चोकबाट समानुपातिक संसद हुन । साक्षर मात्रै रहेका लामा विशेषगरी ठेकदारका रुपमा चिन्नेहरु धेरै छन् । घटना र विचारबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।